CG Electronics
IME Life
Ncell NPL

स्याकार ट्रेडिङ्गद्वारा नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को औपचारिक बिक्री वितरण सुरु गरेको छ। ग्राहकहरूको बढ्दो चाहना र अपेक्षालाई मध्यनजर गर्दै कम्पनीले नयाँ पुस्ताको यो प्रिमियम एसयूभी नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो।

कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर–भी’ मा अत्याधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र लक्जरी सुविधाहरूको संयोजन गरिएको छ। यसमा जडान गरिएको १.५ लिटर पेट्रोल टर्बो इन्जिनले शक्तिशाली ड्राइभिङ अनुभव प्रदान गर्छ। इन्टेरियरमा वेलकम सिट, फुल एलइडी लाइट तथा पानोरामिक सनरुफ जस्ता फिचर्सले गाडीलाई अझ प्रिमियम बनाएको छ।

चालक तथा यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि जडान गरिएको छ। साथै, १० थान एयरब्यागले यात्रा अझ सुरक्षित बनाउँछ। २१० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले कच्ची तथा उकाली–ओराली सडकमा समेत सहजै सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ।

यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले, ड्राइभर मेमोरी सिट, तथा १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता अत्याधुनिक ‘प्रिमियम फिचर्स’ रहेका छन्। सुरक्षा पक्षमा यसमा समावेश गरिएको अडास लेवल २ ले ड्राइभिङलाई थप सुरक्षित बनाउँछ।

७ सिटर क्षमतामा उपलब्ध ‘होन्डा अल न्यु सीआर–भी’ ठूलो परिवारका लागि उपयुक्त विकल्पका रूपमा बजारमा आएको कम्पनीले जनाएको छ। शक्तिशाली इन्जिन, उत्कृष्ट सस्पेन्सन र आकर्षक डिजाइनका कारण नेपाली सडकमा ‘पर्फेक्ट राइड’ को अनुभव दिने कम्पनीको विश्वास छ।

यो मोडेल कालो (ब्ल्याक), सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भर गरी चार आकर्षक रङमा उपलब्ध हुनेछ। गाडीको अनुभव लिन तथा ‘टेस्ट राइड’ गर्न इच्छुक उपभोक्ताले ललितपुरको धोबिघाटस्थित होन्डाको आधिकारिक शोरूममा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...