CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकद्वारा एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।
बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।

नोटको मध्यभागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको छ । साथै, दृष्टिविहीन व्यक्तिहरूले समेत नोट पहिचान गर्न सहज होस भन्ने हिसावले अशोक स्तम्भ नजिकै छामेर थाहा पाउन सकिने खालको कालो थोप्ला पनि थपिएको छ । त्यस्तै, बाँयातर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र मुद्रण गरिएको छ ।

पुरानै रङ र आकारमा जारी गरिएको यस नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ भन्ने लेखसहित सरकारी ग्यारेन्टी उल्लेख गरिएको जनाइएको छ ।

सुरक्षाका लागि २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिनेछ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ लेखिएको सिरिज नम्बर समावेश छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...