IME Life
NIMB

फुटसल उद्घाटनमा अध्यक्ष ढकालले भने : यो प्रतिस्पर्धा होइन मित्रता र सहकार्य हो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरन्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारहरु बीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

बालुवाटारस्थित ढुकुफुटसल मैदानमा आयोजना गरिएको सो खेल महासंघको टोलीले कलाकारको टोलीलाई चार गोलका विरुद्ध सात गोल गरेको थियो ।
खेलको उद्घाटन महासंघका अध्यक्ष चन्द्र ढकालले रिबन काटेर गरेलगतै महासंघ कार्यसमिति पधाधिकारी र कलाकारबिच १० मिनेटको मैत्रीपूर्ण खेलपश्चात प्रतियोगिता शुरु भएको थियो ।

खेलको पहिलो सत्रमा महासंघले कलाकार टोलीलाई ३–० अन्तरको दबाबमा राखेपनि दोस्रो सत्रमा कलाकारका तर्फबाट ३–३ को बराबरीपछि खेल रोमान्चक बनेको थियो । महासंघको टोलीले थप ४ र कलाकार टोलीले थप १ गोल गरेपछि एक घण्टाको मैत्रीपूर्ण खेल ७–४ अंकमा सकिएको थियो ।

खेल उद्घाटन गर्दै महासंघ अध्यक्ष ढकालले खेल केवल प्रतिस्पर्धाका लागि मात्र नभई आपसी मित्रता र सहकार्यको राम्रो अवसर भएको बताए । शुरुको मैत्रीपूर्ण खेल भने ०–० मा सकिएको थियो ।

खेलमा महासंघका तर्फबाट अध्यक्ष ढकाल, उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य तथा कलाकारहरुको टोलीमा शिव श्रेष्ठ, धिरेन शाक्य, रबिन्द्र खड्का, मोहन निरौलालगायतको सहभागिता थियो ।

उद्योगी व्यवसायी र कलाकार बीचको मित्रता तथा सद्भावलाई थप प्रभावकारी बनाउन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको र नेपालमा वरिष्ठ कलाकारहरुको सहभागिताले खेल रोमाञ्चक तथा सफल भएको कार्यक्रम संयोजक महासंघका खेलकुद तथा मनोरन्जन फोरमका अध्यक्ष हरि बहादुर कार्कीले बताए ।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...