IME Life
NIMB

सीजी इलेक्सले जाडो र एनपीएल सिजन लक्षित किस्ताबन्दी तथा सटही योजना सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ। सीजी इलेकट्रोनिक्स अन्तर्गतको ‘सीजी इलेक्स’ले जाडो मौसम र नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन लक्षित गर्दै नयाँ किस्ताबन्दी (ईएमआई) तथा साटफेर (एक्सचेन्ज) योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पुराना विद्युतीय उपकरण साट्दा बजार भाउअनुसारको उच्च मूल्याङ्कन प्रदान गरिनेछ भने नयाँ उपकरण किस्ताबन्दीमा दैनिक ४५ रुपैयाँदेखि सुरु हुने सुविधासहित खरिद गर्न सकिनेछ।

योजनाका मुख्य विशेषताहरू:

समेटिएका उपकरणहरू: यस योजनामा टेलिभिजन, फ्रिज, लुगा धुने मेसिन (वासिङ मेसिन), एयर कन्डिसनर (एसी), भाँडा माझ्ने मेसिन (डिसवासर), कुकिङ रेन्ज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरणहरू समावेश छन्।
क्रिकेट विशेष अफर: एनपीएल क्रिकेट सिजनलाई ध्यानमा राख्दै ४-के स्मार्ट टीभीखसहित विभिन्न मोडेलहरूमा विशेष किस्ताबन्दी र साटफेर सुविधा प्रदान गरिएको छ।

निःशुल्क इन्टरनेट टीभी: ४३ इन्चभन्दा ठूला स्मार्ट टीभी खरिद गर्ने ग्राहकले २ हजार २ सय रुपैयाँ बराबरको नेट टीभीको ९ महिनाको निःशुल्क ग्राहक सदस्यता (सब्स्क्रिप्शन) प्राप्त गर्नेछन्।

सहज मूल्याङ्कन र खरिद प्रक्रिया
कम्पनीका अनुसार पुराना उपकरण ल्याएर साट्दा बजार भाउ अनुसारको उच्च मूल्याङ्कन प्राप्त हुन्छ र सो रकम सीधै नयाँ उपकरणको खरिद मूल्यमा समायोजन गरिन्छ। ग्राहकहरूले ‘सीजी इलेक्स डटकम’ (CGelex.com) मार्फत आफैले आफ्नो पुरानो उपकरणको मूल्याङ्कन अनलाइनबाटै जाँच गर्न सक्ने सुविधा पनि उपलब्ध छ। वेबसाइटबाटै तत्कालै कति मूल्याङ्कन आउँछ भन्ने जानकारी पाइने हुनाले निर्णय प्रक्रिया छिटो र पारदर्शी हुने कम्पनीको भनाइ छ।

सरल किस्ताबन्दी: ‘नागरिकता भए पुग्छ’
किस्ताबन्दी सुविधालाई अझ सहज बनाउन सीजी इलेक्सले जगदम्बा हायर पर्चेजसँगको सहकार्यमा “नागरिकता भए पुग्छ” योजना ल्याएको छ। यस अन्तर्गत किस्ताबन्दी सुविधा लिन ग्राहकलाई अब कुनै जमानी (ग्यारेन्टर) बस्ने व्यक्तिको आवश्यकता पर्दैन, मात्र नागरिकता भए पुग्छ। यसले गर्दा स्वीकृति प्रक्रिया छिटो र सरल भएको कम्पनीको दाबी छ।

जाडोमा बढी प्रयोग हुने गिजर, हिटर, लुगा धुने मेसिन लगायतका उपकरणमा पनि यो सुविधा लागू गरिएको छ। यो योजना देशभरका सीजी डिजिटल, एलजी ब्रान्डका शोरुम, सीजी इलेक्ट्रोनिक्सका आधिकारिक बिक्रेता सञ्जाल तथा कम्पनीको वेबसाइट (cgdigital.com.np) मार्फत उपलब्ध हुनेछ। अधिकांश मोडेलमा निःशुल्क ढुवानी (होम डेलिभरी) तथा निःशुल्क जडान सेवा समेत प्रदान गरिने जानकारी कम्पनीले दिएको छ।

यस योजनामा एलजी, सीजी इन्स्पायरिङ, सीजी मेरिडिया, गोदरेज, टीसीएल, बर्ली, केन्ट आरओ, माइिडिया, बेको, ब्ल्याक ड्यास डेकर, एलीका, सेन्सी र क्रम्पटन जस्ता ब्रान्डहरू समावेश छन्।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...