CG Electronics
IME Life
NIMB

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ ?

NIMB
Himalayan Bank

 

काठमाडौँ । दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ ।

अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा सामुहिक चलचित्र दृश्यावलोकनको अवशर जुराएको हो ।

गणितलाई पुस्तकका सूत्रहरूमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगहरूमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली चलचित्र ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोगलाई झनै प्रस्ट पारेको छ ।

हालै देश–विदेशमा चर्चा बटुलेको चलचित्र परान ले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकको मन गहिरोसँग छोएको छ । फिल्मको सफल प्रदर्शनले सिर्जना, कथानक निर्माण, सिनेमाटोग्राफी, समय व्यवस्थापनदेखि दर्शकको मनोविज्ञान बुझ्नसम्म गणितीय अवधारणाहरू प्रयोग हुने रहेछन् भन्ने बुझाउन पनि अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको आयोजकले बताए ।

चलचित्र ‘परान’ को कर्पोरेट शो अवलोकनपछि इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भनेः “गणितले नछुने कुनै ठाउँ हुँदैन । चलचित्र निर्माणमै पनि ढाँचागत सोच, व्यवस्था, सम्भाव्यता, गति, अनुपात, कथा–रचना र दर्शक व्यवहार विश्लेषण जस्ता तत्वहरू गहिरोसँग गणितसँग जोडिएका हुन्छन् ।

परान हेर्दा यी तत्वहरूको उल्लेखनीय उपयोग देखिन्छ, जसले फिल्मलाई अझ प्रभावकारी बनाएको छ ।” उनका अनुसार, इम्बार्क अनम्याथले गणितलाई डर होइन, जीवनसँग जोडिएको उपयोगी कौशलको रूपमा बुझाउने कार्य निरन्तर गरिरहेको बताए ।

 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...