NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

एन आई सी एशिया बैंकद्वारा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई आग्रह

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। लाखौं ग्राहकलाई डिजिटल तथा व्यवस्थित बैंकिङ सेवामा जोड्दै आएको एन आई सी एशिया बैंकले आफ्ना सबै ग्राहकलाई स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम ग्राहकको नाममा काटिने कर विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले सञ्चालन गरेको PAN प्रणालीमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएकाले बैंक खातामा प्यान अद्यावधिक महत्वपूर्ण भएको जनाएको छ।

ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप मार्फत “एब्ल् ग्उमबतभ” (Update PAN) विकल्प प्रयोग गरी PAN अपडेट गर्न सक्नेछन्। साथै, चाहने ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखामा गई PAN अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था पनि बैंकले गरेको छ।

बैंकले बताए अनुसार प्यान अद्यावधिक भएपछि ब्याजभुक्तानीबाट काटिएको कर (TDS) को विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने भएकोले ग्राहकले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र बैंकमा उपस्थित नभइकनै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। PAN अद्यावधिक नगरी ब्याजकर दाखिला नहुन गएमा त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरिएको छ।

साथै बैंकले आफ्ना ग्राहकलाई इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। इमेल अद्यावधिकका लागि मोबाइल बैंकिङ एप वा बैंकको भिडियो KYC पोर्टल प्रयोग गर्न सकिनेछ। आवश्यकता परे शाखा कार्यालयबाट समेत इमेल अद्यावधिक गराउन सकिनेछ।

यदि PAN उपलब्ध गराइसके पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल ठेगाना अपडेट नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका नम्बर १६६०–०१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...