IME Life
NIMB

टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६ प्रोजेक्ट सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं। काठमाडौंको मित्रपार्क चाबहिलस्थित टेक्सास इन्टरनेसनल कलेजमा ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ सुरु भएको छ। कलेजमा कक्षा १० देखि स्नातक तहसम्मका विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिमुखी ५६ परियोजनासहितको प्रदर्शनी ३ दिनसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा कलेजका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखुले विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप हासिल गर्नुपर्ने आवश्यकता औंल्याए। “सीप र उद्यमशीलता बिना ज्ञान पूर्ण हुँदैन। यस वर्ष विद्यार्थीले तयार पारेका परियोजना निकै उत्कृष्ट छन्,” उनले भने।

कलेजका बिजनेस डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेलका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी रोचक तथा उपयोगी प्रोजेक्ट समावेश गरिनेछ। प्रदर्शनी नवप्रवर्तन, रचनात्मकता र प्राविधिक प्रयोगका दृष्टिले महत्वपूर्ण उत्सवका रूपमा रहेको उनले बताए।

उद्घाटनमा बोल्दै कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले यस्ता प्रदर्शनीहरू विगतका वर्षहरूमा पनि निरन्तर हुँदै आएको र आगामी वर्षमा अझ व्यापक रूपमा आयोजना गरिने बताए। विद्यार्थीहरूले तयार पारेको ड्रेनमार्फत पुष्पवृष्टि गरी प्रदर्शनीको औपचारिक शुभारम्भ गरिएको थियो।

प्रदर्शनीमा विद्यार्थीका रिमोट–कन्ट्रोल विमान, स्मार्ट हाउस, स्मार्ट ढोका, स्मार्ट ग्रिनहाउस, प्रदूषण नियन्त्रण प्रणाली लगायतका सामग्री विशेष आकर्षण बनेका छन्। विद्यार्थीले बनाएको सानो विमान परीक्षणका लागि जरिसंहपौवामा उडानसमेत गरिएको कलेजले जनाएको छ।

मंसिर २४ देखि २६ गतेसम्म सञ्चालन हुने प्रदर्शनी हेर्न राजधानीका ११५ विद्यालयका कक्षा ८ देखि १२ का विद्यार्थी सहभागिता जनाउने अपेक्षा गरिएको छ। कलेजका अनुसार करिब २० हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...