CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंक ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ मा सहभागी

NIMB
Himalayan Bank

 

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले हरितगृह ग्यास उत्सर्जन मापन, मूल्यांकन तथा न्यूनीकरणका लागि विश्वस्तरमा सक्रिय संस्था ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ (PCAF) मा औपचारिक रूपमा सहभागिता जनाएको छ। यससँगै बैंकले जलवायु परिवर्तनप्रतिको आफ्नो जिम्मेवारीलाई थप सुदृढ बनाएको जनाएको छ।

PCAF वित्तीय क्षेत्रका संस्थाहरूको लगानी तथा ऋण पोर्टफोलियोबाट उत्पन्न हुने कार्बन उत्सर्जन मापनका लागि एकीकृत वैश्विक अभ्यास विकास गर्ने संस्थाका रूपमा परिचित छ। हाल विश्वका ६०० भन्दा बढी वित्तीय संस्था यस सञ्जालसँग आबद्ध छन्।

यस साझेदारीमार्फत बैंकले कार्बन उत्सर्जन मापन र प्रतिवेदनका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड प्रयोग गर्नेछ, जसले भरपर्दो जलवायु रणनीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

माछापुच्छ्रे बैंकले वातावरणीय प्रभावप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै आफ्ना वित्तीय गतिविधिबाट हुने उत्सर्जन पहिचान र व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ। PCAF मा सहभागी भएसँगै वातावरणीय उत्तरदायित्वलाई बैंकको दीर्घकालीन रणनीतिमा समेट्ने कार्यलाई तीव्रता दिइने बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार विश्वसनीय कार्बन उत्सर्जन तथ्यांकका आधारमा जलवायु जोखिम विश्लेषण, ऊर्जा–कुशल तथा हरित परियोजनामा लगानी प्रवर्द्धन र वातावरणमैत्री बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाइनेछ। साथै, नेपालले लिएको कम–कार्बन उत्सर्जन र जलवायु–लचकदार अर्थतन्त्र निर्माणको यात्रामा पनि यस कदमले सकारात्मक योगदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...