CG Electronics
IME Life
NIMB

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन

NIMB
Himalayan Bank

नेपालगन्ज । डिसेम्बर १४, २०२५ – नेपालका लागि दीपाल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपाल शोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। यस उद्घाटनले एमएडब्लु वृद्धिको देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको छ।

शोरुमको उद्घाटन नाडा एशोसिएशन बाँकेका अध्यक्ष श्री नरेन्द्र प्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष श्री सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सीईओ श्री प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ श्री ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष श्री ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको हो। एमएडब्लु वृद्धि मोटर्ससँग प्रत्यक्ष जोडिएको यस कार्यक्रममा व्यवसायिक तथा अटोमोटिभ क्षेत्रका प्रतिष्ठित अतिथि र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सफल उद्घाटन समारोहमा स्थानीय अधिकारीहरू, व्यवसायीहरू, ग्राहकहरू र सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ शोरुमले ग्राहकहरूलाई डोङफेङ र दीपालका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्दछ। ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन्। शोरुम उद्घाटनको एक दिन अघि नेपालगन्जमा नामी भिगो र दीपाल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा ईभी सवारी साधनहरूको विकल्पलाई थप विस्तार गरेको छ।

नेपालगन्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जको पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिरहेको छ। यस कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दीपालका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, नि:शुल्क चार्जर (७ किलोवाट + ३.५ किलोवाट), नि:शुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन्।

 

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...