CG Electronics
IME Life
Ncell NPL

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत एक अर्ब रुपैयाँको ‘सिटिजन्स सन्तुलित योजना’को आवेदन पौष ४ देखि खुला

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स सन्तुलित योजना को आवेदन खुला गरिएको छ। नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त उक्त चौथो बन्दमुखी योजनाको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ।

योजनाको इकाई निष्कासन २०८२ साल पौष ४ गतेदेखि पौष ८ गतेसम्म (छिटोमा) बैंकिङ समयभित्र बिक्रीका लागि खुला गरिएको सिटिजन्स क्यापिटलले जनाएको छ।

यस योजनाले शेयर तथा डिबेन्चरमा लगानी गर्दै नाफा र जोखिमबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ। हाल नेप्से सूचक तल्लो तहमा रहेकाले यस योजनामार्फत दीर्घकालीन रूपमा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना रहेको विश्वास गरिएको छ। योजनाको वित्तीय प्रक्षेपणअनुसार औसत वार्षिक प्रतिफल करिब १४ प्रतिशत रहने अनुमान गरिएको छ।

इच्छुक लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ खाता मार्फत वा सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १०० इकाईदेखि अधिकतम १ लाख इकाईसम्म (प्रति इकाई रु. १० का दरले न्यूनतम रु. १,००० र अधिकतम रु. १० करोड) आवेदन दिन सकिने व्यवस्था रहेको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन, वित्तीय परामर्श तथा म्युचुअल फण्ड सेवामार्फत ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

९ महीनामा निर्यात १८.४६% वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६% वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

  काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९...

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब शुल्क पूर्ण छुट

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०७:४७

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३९

काठमाडौं । नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...