IME Life
NIMB

फोनिज संघीय समितिको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न, संगठन सशक्त बनाउने निर्णय

NIMB
Himalayan Bank

पोखरा, पुस ५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । शुक्रबारदखि सुरुभएको बैठक शनिबार सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका वडा २२ मा रहेको कालावाङ घरेडी सामुदायिक होमस्टेमा भएको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले फोनिजको गतिविधिलाई थप सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको छ । बैठकले विगतको गतिविधिको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षबारेमा अध्ययन समिति गठन गर्न महासंघलाई पुनः दवाव दिने निर्णय गरेको छ । पटक पटक ज्ञापनपत्र र अल्टिमेटम दिँदासमेत महासंघको महाधिवेशनले दिएको म्यान्डेट समेत कार्यान्वयन नगर्दा फोनिजले खेद प्रकट गर्दै अब निर्णायक संघर्ष गर्ने निर्णय गरेको छ । महासंघ गम्भीर नबने महासंघको कार्यालयमा देशव्यापी तालाबन्दी गर्नेसम्मको कार्यक्रम अघि बढाउने फोनिज संघीय समितिमा छलफल भएको छ ।

 

सोहीअनुसार फोनिजकर्मीको क्षमता बृद्धिका लागि राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी, प्रशिक्षणमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । फोनिजलाई संगठनात्मक रुपमा चुस्त बनाउन कार्ययोजनासहित गतिविधि अघि बढाउने निर्णय गरेको छ । मातृभाषा पत्रकारितालाई प्रवर्धनमा अभियान चलाउने बैठकमा छलफल भएको छ ।

फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको बैठकमा सल्लाहकार डण्ड गुरुङले संगठनात्मक कामलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक काम गर्न सुझाव दिनुभयो । फोनिज बलियो भएमा मात्र आदिबासीको अधिकारको सवाल बलियो गरी उठ्ने भन्दै उहाँले फोनिज आदिबासी समुदायको प्रवक्ताको भूमिकामा रहेको बताउनुभयो ।

फोनिजका सल्लाहकार उजीर मगरले तत्कालीन अनिज र हालको फोनिज स्थापनामा आफूहरुको ठुलो संघर्ष र मेहनत भएकाले यसको गरिमा कायम गर्नेगरी गतिविधिहरु गर्न सुझाव दिनुभयो । फोनिज संस्था आदिबासीको शक्ति भएको बताउँदै उहाँले संगठनात्मक गतिविधिलाई बलियो बनाउन सामुहिकताको खाँचो रहेको बताउनुभयो । २०५६ साउन २७ गते तत्कालीन अनिज नामबाट स्थापना भए पनि अहिले फोनिज फैलिएर ठुलो शक्तिको रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो ।

फोनिज संघीय अध्यक्ष लक्की चौधरीले फोनिजको गतिविधि आदिबासीको अधिकारको पैरवी, पत्रकारिताको विकास, अभिव्यक्ति स्वतन्त्रता र जिम्मेवार तथा समावेशी पत्रकारिता प्रवर्धनमा केन्द्रित रहेको बताउनुभयो । आगामी दिनमा फोनिजलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

बैठकमा फोनिजका सल्लाहकार शान्ति गुरुङ, फोनिजका पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष तथा इन्चार्ज, जातीय पत्रकार संस्थाका अध्यक्षहरुले आफ्नो गतिविधि र संघीय समितिलाई सुझावसहितको धारणा राख्नुभएको थियो ।

फोनिजका सल्लाहकारहरु, फोनिज संघीय समितिका पदाधिकारी तथा सदस्यहरु, काठमाडौं उपत्यकासहितको विशेष समन्वय समिति, सातवटा प्रदेश कमिटी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुगरी ६५ जनाको सहभागिता थियो । तेस्रो पूर्ण बैठकले कास्की घोषणापत्र समेत जारी गरेको छ ।

२६ वर्षअघि स्थापना भएको फोनिजमा देशभर ६६ जिल्ला शाखा, ८ विदेश शाखा, काठमाडौं उपत्यकासहित ८ प्रदेश कमिटी, आठ जातीय पत्रकार संस्था गरी साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।

   

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...