CG Electronics
IME Life
Ncell NPL

बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई ब्रान्ड एम्बेसडर नियुक्त

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई आफ्नो आधिकारिक क्रिकेट ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको छ। यससम्बन्धी औपचारिक घोषणा र सम्झौता हस्ताक्षर कार्यक्रम आज जर्मन होम्स हस्पिटालिटी, गुट्ठाघरमा सम्पन्न भएको छ।

उक्त सहकार्य तीन वर्षका लागि गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनःसम्झौता (Re-agreement) गर्ने व्यवस्था रहेको छ। बिज एजुकेशनका अनुसार, यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई युवाको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि गरिएको हो।

यसअघि हास्य तथा फिल्म क्षेत्रबाट जितु नेपाल (मुन्द्रे), फुटबलबाट पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मान सिंह, र ब्याडमिन्टनबाट स्वोरलिन श्रेष्ठलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरेको बिज एजुकेशन अब क्रिकेट क्षेत्रबाट हेमन्त धामीको आगमनसँगै खेलकुद, सिर्जनात्मक क्षेत्र र शिक्षा समान रूपमा अघि बढाउँदै युवाको सर्वाङ्गीण विकासमा जोड दिएको छ।

कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले संस्थाको मूल दर्शन स्पष्ट पार्दै भन्नुभयो, “बिज एजुकेशन केवल बेलायतका विश्वविद्यालय प्रवर्द्धन गर्ने संस्था मात्र होइन, नेपाली विद्यार्थीलाई शैक्षिक, मानसिक र आर्थिक रूपमा तयार पार्ने विश्वासयोग्य संस्था हो। हामी विद्यार्थीलाई विदेश जान दबाब दिँदैनौं, नेपालमै पनि गुणस्तरीय अध्ययन उपलब्ध छ।”

उहाँले खेलकुद र शिक्षाबीचको सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, “खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्छ, जुन अन्तर्राष्ट्रिय शिक्षा र जीवनमा सफल हुन आवश्यक गुण हो। बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको छ।”

नवनियुक्त ब्रान्ड एम्बेसडर हेमन्त धामीले पनि आभार व्यक्त गर्दै भन्नुभयो, “शिक्षा मात्र नभई खेलकुद र युवाको भविष्यमा लगानी गर्ने संस्थासँग आबद्ध हुन पाउँदा गर्व लागेको छ। खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिन्छ भन्ने सन्देश युवासम्म पुर्याउनेछु।”

बिज एजुकेशनले आगामी दिनमा पनि जिम्मेवार शिक्षा परामर्श, वित्तीय योजना सम्बन्धी सचेतना र नेपाली युवाको प्रतिभा प्रवर्द्धन कार्यक्रम निरन्तरता दिने जनाएको छ। संस्थाले विद्यार्थी र अभिभावकलाई भावनामा होइन, यथार्थ र दीर्घकालीन भविष्यको आधारमा निर्णय लिन प्रेरित गर्ने नीति दोहोर्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३९

काठमाडौं । नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...