CG Electronics
IME Life
NIMB

तेस्रो क्यान बीटुबी समिट २०२५’ सुरु, राजनीतिक सहमति भए ई-भोटिङ सम्भव छ: सञ्चारमन्त्री खरेल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी (B2B) समिट २०२५’ शनिबार (पुस ५)देखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गर्नुभयो ।

सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले प्रविधिको उच्चतम प्रयोगमार्फत निर्वाचन प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यदि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेमा आगामी निर्वाचनमा कम लागतमै ‘इ-भोटिङ को व्यवस्था गर्न सकिने बताउनुभयो ।

“सूचना प्रविधिको यो युगमा पनि अर्बौँ रुपैयाँ खर्च गरेर कागजको मतपत्र छाप्ने र सुरक्षाका साथ दुई दिन लगाएर बोक्नुपर्ने बाध्यता दुखद छ,” मन्त्री खरेलले भन्नुभयो, “डिजिटल नेपालको लक्ष्य पूरा गर्न सरकार प्रविधिमैत्री बन्नुको विकल्प छैन । अब डिजिटल मार्गको माग बढ्दो छ र मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारमा तीव्रता दिइरहेको छ ।”

उहाँले सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको र जेन-जी आन्दोलनको भावना अनुरूप सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका अतिथिले सरकारले लगानीको सुरक्षा प्रत्याभूति गर्ने वातावरण बनाउन र स्पष्ट लगानी संरक्षण नीति ल्याउन आग्रह गर्दै सूचना प्रविधिको क्षेत्रमा रोजगारीका हजारौँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिनुभयो ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबीचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताउनुभयो ।

क्यान महासंघकी उपाध्यक्ष सिर्जना श्रेष्ठले कार्यक्रममा सञ्चालन हुने विभिन्न सत्रहरु‍बारे जानकारी दिनुभयो । यसअन्तर्गत सम्मेलनको पहिलो दिन शनिबार ‘आईटी व्यवसायको डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स’ विषयमा केन्द्रित रहेर विशेष छलफलहरू भए । जसमा हाई-टेक, टेक वर्ल्ड डिस्ट्रिब्युसन लगायतका प्रमुख कम्पनीहरूले आ-आफ्नो नवीन प्रविधिको प्रस्तुति दिएका थिए ।

कार्यक्रमको पहिलो दिनको अन्त्यमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले धन्यवाद ज्ञापन गर्दै सम्मेलनको उद्देश्यमाथि थप प्रष्ट पार्नुभएको थियो । अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताउनुभएको छ ।

दोस्रो दिन आज आइतबार साझा सम्म चल्ने कार्यक्रम विशेषगरी ‘साइबर सुरक्षा र एआई’ मा केन्द्रित हुनेछ । भोलिको सत्रमा वर्तमान समयमा बढ्दो साइबर चुनौती र ती समस्या समाधानमा एआईको भूमिकाबारे विज्ञहरूसँग प्यानल छलफल हुनेछ ।

दुई दिने यस समिटमा १०० भन्दा बढी प्राविधिक प्रतिनिधि र व्यवसायीहरूको सहभागिता रहेको छ ।

 

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...