CG Electronics
IME Life
NIMB

मारवाडी सेवा समिति नेपालको ७३औँ वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं, पौष ६ । मारवाडी सेवा समिति नेपालको ७३औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष ०८१/०८२ का लागि समितिले गरेका सेवा, सामाजिक, स्वास्थ्य, शैक्षिक तथा मानवीय सहयोगका विविध गतिविधिहरू सार्वजनिक गरियो।

सभामा महासचिव धर्मेन्द्र अग्रवालले प्रस्तुत गर्नुभएको कार्य प्रगति विवरण अनुसार समितिले यस आर्थिक वर्षमा सेवासदनमार्फत २६ हजारभन्दा बढी यात्रुलाई आवास सुविधा प्रदान गरेको छ। फसिकेबस्थित सेवासदनका ६१ कोठा र ४ डोरमेट्रीबाट सामाजिक संस्थाहरू तथा पीडित परिवारलाई निःशुल्क तथा सहुलियत दरमा सेवा उपलब्ध गराइएको छ।

निःशुल्क होमियोप्याथिक चिकित्सालयबाट २६ हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् भने फिजियोथेरापी सेवाबाट ७ हजारभन्दा बढी बिरामी लाभान्वित भएका छन्। त्यस्तै, गौशालास्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा २३ हजारभन्दा बढी पटक निःशुल्क डायलाइसिस सेवा प्रदान गरिएको जानकारी दिइयो।

शिक्षा क्षेत्रमा समितिले ७६ जना विद्यार्थीलाई ८४ लाख रुपैयाँभन्दा बढीको छात्रवृत्ति वितरण गरेको छ। खानेपानी व्यवस्थापन समितिमार्फत ७ हजार ५ सयभन्दा बढी जार शुद्ध पिउने पानी विभिन्न विद्यालय, सरकारी कार्यालय, धार्मिक तथा सामाजिक कार्यक्रममा उपलब्ध गराइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आधुनिक आरओ फिल्टर प्लान्ट जडान गरी हस्तान्तरण गरिएको छ।

समितिले बाढी–पहिरो पीडितका लागि राहत वितरण, शववाहन सेवा, कृत्रिम खुट्टा वितरण, कैदीबन्दीलाई औषधि सहयोग, विवाह समन्वय तथा सामाजिक समस्या समाधानजस्ता कार्यलाई निरन्तरता दिएको जनाएको छ।

सभामा मारवाडी महिला मंच र मारवाडी युवा मंचका गतिविधिहरू पनि प्रस्तुत गरियो। महिला मंचले स्वास्थ्य, शिक्षा, धार्मिक तथा सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेको छ भने युवा मंचले खेलकुद, रक्तदान, वातावरण संरक्षण र सांस्कृतिक कार्यक्रममार्फत युवाहरूलाई सामाजिक सेवामा जोड्दै आएको छ।

सभामा अध्यक्ष प्रमोद कुमार अग्रवालले समाजसेवामा सबै सदस्यहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सेवा कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभाले प्रस्तुत प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...