CG Electronics
IME Life
NIMB

रोहित पौडेलले जितेको जेको J5मा २५ प्रतिशत उपहार कर एसपीजी अटोमोबाइल्सले बेहोर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, नेपाल। नेपाल प्रिमियम लिग (NPL) सिजन २ को ऐतिहासिक समापनसँगै नेपालका लागि ओमोडा र जेको (Omoda & Jaecoo) गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा. लि. ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका लागि महत्वपूर्ण सहयोगको घोषणा गरेको छ।

एनपीएल सिजन २ मा “इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट” घोषित रोहित पौडेललाई पुरस्कारस्वरूप प्रदान गरिएको जेको (Jaecoo) J5 इलेक्ट्रिक SUV मा लाग्ने २५ प्रतिशत उपहार कर (Gift Tax) कम्पनीले पूर्ण रूपमा आफैंले बेहोर्ने निर्णय गरेको हो। उक्त घोषणा गाडीको भव्य हस्तान्तरण कार्यक्रमका क्रममा आधिकारिक रूपमा गरिएको थियो।

जेको J5 एक प्रिमियम इलेक्ट्रिक SUV हो, जसलाई विलासिता र मजबुत प्रदर्शन दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यसमा ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, १५५ किलोवाट क्षमताको शक्तिशाली मोटर तथा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। कम्पनीका अनुसार यो गाडी नेपालको विविध भू–बनोटमा सहज यात्राका लागि उपयुक्त छ।

एसपीजी अटोमोबाइल्स प्रा. लि. नेपालका लागि ओमोडा, जेको र इकाउर (iCAUR) ब्रान्डहरूको आधिकारिक बिक्रेता हो। कम्पनीले दिगो तथा विद्युतीय सवारीसाधनमार्फत नेपालको हरित ऊर्जा रूपान्तरणमा योगदान पुर्‍याउँदै आएको छ भने राष्ट्रिय खेलकुद क्षेत्रको विकासमा पनि सक्रिय रूपमा सहयोग गर्दै आएको जनाएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...