CG Electronics
IME Life
NIMB

नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनले आईपीओ निष्काशन गर्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई प्रदान गरिएको छ। यससम्बन्धी सम्झौतापत्रमा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडका अध्यक्ष श्री नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ।

३ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणका लागि प्राथमिक निष्काशन गर्ने जनाएको छ। बाँकी करिब ७१.४३ प्रतिशत शेयर संस्थापक समूहको स्वामित्वमा रहनेछ।

‘फ्रन्टलाइन’ ब्राण्ड नामबाट काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पतालको हाल १०० शैयाको क्षमता रहेको छ। अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको दाबी गरेको छ। थप सेवा विस्तारका लागि निर्माणाधीन २०० शैयाको जनरल तथा क्यान्सर अस्पताल सञ्चालन गर्नुपर्ने भएकाले थप पूँजी आवश्यक परेको र सोही उद्देश्यले आईपीओ निष्काशन गर्न लागिएको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो।

अस्पतालले हाल स्नातक तहका विद्यार्थीलाई लक्षित गरी नर्सिङ, फार्मेसीलगायतका शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। चिकित्सा सेवा तथा शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापना वि.सं. २०६२ साल मंसिर १९ गते भएको हो।

कम्पनीका अनुसार हाल संस्थाको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी रहेको छ भने २०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...