CG Electronics
IME Life
NIMB

सूर्य नेपाल सेन्ट्रल ओपन: लगातार तेस्रो दिन राहुललाई अग्रता

NIMB
Himalayan Bank

 

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन मा डिफेन्डिङ च्याम्पियन एमेच्योर खेलाडी राहुल विश्वकर्मा ले लगातार तेस्रो दिन पनि अग्रता कायमै राखेका छन्।

तेस्रो दिनको खेलपछि राहुलले निकटतम प्रतिस्पर्धी प्रोफेसनल गल्फर जयराम श्रेष्ठ भन्दा ५ स्ट्रोकको अग्रता बनाएका छन्। राहुलले आज १–ओभर ७३ को कार्ड खेल्दै समग्रमा १०–अन्डर २०६ स्कोर बनाएका छन्।

जयरामले आज उत्कृष्ट प्रदर्शन गर्दै ४–अन्डर ६८ को स्कोर निकाले। यससँगै उनी समग्रमा ५–अन्डर २११ स्कोरसहित दोस्रो स्थानमा उक्लिएका छन्। भुवन कुमार रोक्काले आज ४–ओभर ७६ खेल्दै समग्रमा इभन–पार २१६ स्कोरसहित तेस्रो स्थानमा झरे।

समग्रमा २–ओभर २१८ स्कोरसहित तोरण विक्रम शाही, शुक्र बहादुर राई र दिनेश प्रजापति संयुक्त रूपमा चौथो स्थानमा छन्। तोरणले दिनकै उत्कृष्ट ६–अन्डर ६६ को कार्ड बनाउँदै १० स्थान सुधार गरे। शुक्र र दिनेशले इभन–पार ७२ मा तेस्रो दिनको खेल समाप्त गरे।

नेपालका नम्बर एक प्रो खेलाडी निरज तामाङ, भुवन नगरकोटी र एमेच्योर खेलाडी रुबेन थापा समग्रमा ६–ओभर २२२ स्कोरसहित संयुक्त सातौं स्थानमा छन्। निरज र रुबेनले ४–ओभर ७६ तथा भुवनले ५–ओभर ७७ को स्कोर बनाए।

यसैगरी प्रदीप कुमार लामा र एमेच्योर साम डोबलार्ड समग्रमा ७–ओभर २२३ स्कोरसहित संयुक्त दशौं स्थानमा रहेका छन्। प्रदीपले २–ओभर ७४ र सामले १–ओभर ७३ को कार्ड खेले।

तेस्रो दिन राहुलले फ्रन्ट नाइन इभन–पार ३६ मा पूरा गरे। उनले पहिलो, पाँचौं र सातौं होलमा बर्डी गरे भने छैटौं होलमा बोगी र आठौं होलमा डबल बोगी खेप्न पुगे। ब्याक नाइनमा १४औं होलको बोगीसँगै १–ओभर ३७ मा खेल समाप्त गरे।

जयरामले दोस्रो होलको बोगीपछि पहिलो, चौथो र सातौं होलमा बर्डी गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा सके। ब्याक नाइनमा १२औं, १३औं र १७औं होलमा बर्डी गरे भने १४औं होलको बोगीसँगै ब्याक नाइन पनि २–अन्डर ३४ मा समाप्त गरे।

भुवनले पाँचौं होलमा बर्डी गरे पनि छैटौं र आठौं होलको बोगीका कारण फ्रन्ट नाइन १–ओभर ३७ खेले। ब्याक नाइनमा १२औं होलमा इगल गरे पनि १४औं होलमा डबल बोगी र १३औं, १६औं तथा १८औं होलमा बोगी खेप्दै ३–ओभर ३९ मा खेल सके।

प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार, तेस्रो हुनेले १ लाख, चौथोले ८२ हजार र पाँचौं हुनेले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद पुरस्कार हात पार्नेछन्।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...