CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

NIMB
Himalayan Bank

 

सर्लाही। सिद्धार्थ बैंक लिमिटेडले सर्लाहीको हरिवन नगरपालिका–स्थित हरिवन नगर अस्पताललाई विभिन्न अत्याधुनिक प्रसूति तथा शल्यक्रिया उपकरण हस्तान्तरण गरेको छ। बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पौष १७ गते आयोजित कार्यक्रममा उपकरणहरु अस्पताललाई औपचारिक रूपमा बुझाएका हुन्।

उक्त कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरप्रमुख रमेश बुढाथोकीसहित स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

बैंकले अस्पताललाई १/१ थानका दरले हाईड्रोलिक शल्यक्रिया टेबल, चार सेट एलइडी शल्यकक्ष डोम बत्ति, बिरामी निगरानी यन्त्र, पाँच कार्य सञ्चालन गर्न मिल्ने पूर्ण सुविधासहितको इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन प्रदान गरेको जनाएको छ।

अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहितको वर्थिङ सेवा सञ्चालन गर्ने उदेश्यअनुसार उपकरण हस्तान्तरण गरिएको बैंकले जनाएको छ। यसबाट समुदायका आमाहरू र नवजात शिशुहरूका लागि सुरक्षित तथा गुणस्तरीय प्रसूति सेवामा पहुँच बढ्ने विश्वास लिइएको छ।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै निरन्तर सामाजिक जिम्मेवारी अन्तर्गतका कार्य गर्दै आएको बताइएको छ। बैंकले आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तरता दिने योजना रहेको जानकारी गराएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...