CG Electronics
Ncell NPL
NIMB

एमडीआरटी सदस्यता हासिल गर्ने ७५ अभिकर्ता आइएमई लाइफबाट सम्मानित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स ले सन् २०२६ का लागि मिलियन डलर राउन्ड टेबल एमडीआरटी सदस्यता हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मानित गरेको छ।

काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्ट मा आयोजित भव्य समारोहमा १ जना सीओटी र ७४ जना एमडीआरटीसहित कुल ७५ जना अभिकर्ताहरूलाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापन तहको उल्लेखनीय उपस्थिति रहेको थियो।

कम्पनीले अभिकर्ताहरूको व्यावसायिक उत्कृष्टता, निरन्तरता, समर्पण र नैतिक आचरणप्रति कदर व्यक्त गर्दै उनीहरूको योगदानलाई सम्मान गर्न यो विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ।

जीवन बीमा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र संस्था हो, जसलाई विश्वव्यापी रूपमा पेशागत उत्कृष्टताको मानकका रूपमा मानिन्छ। योग्यता, मेहनत, उत्कृष्ट ग्राहक सेवा र उच्च नैतिक आचरणको प्रतीकका रूपमा एमडीआरटी सदस्यतालाई जीवन बीमा क्षेत्रमा प्रतिष्ठित सम्मानका रूपमा लिने गरिन्छ।

समारोहलाई सम्बोधन गर्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का ले अभिकर्ताहरूको निरन्तर साथ र योगदानप्रति आभार व्यक्त गरेका छन्। उनले कम्पनीले प्रविधिमैत्री, बीमित तथा अभिकर्ता–केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै दिगो व्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि कार्यक्रमको समापन गरिएको थियो।

CFMOTO 250 Dual मा अत्यधिक बजार प्रतिक्रिया; मे 2026 डेलिभरीका लागि बुकिङ खुला

CFMOTO 250 Dual मा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

  काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

परम्परागत मिठाईलाई लक्जरी गिफ्टमा रुपान्तरण गर्दै माक्कुसे, ‘मदर्स डे’का लागि बिषेश प्याकेजिङ

परम्परागत मिठाईलाई लक्जरी गिफ्टमा रुपान्तरण गर्दै माक्कुसे,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:४७

  काठमाडौं । मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन...

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपालमा उपलब्ध अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०८:१५

  काठमाडौं, चैत्र १८ : ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो...

नवनिर्वाचित सांसद बसुमाया तामाङलाई NICCI द्वारा सम्मान

नवनिर्वाचित सांसद बसुमाया तामाङलाई NICCI द्वारा सम्मान

वि.सं.२०८३ वैशाख ६ आइतवार ०८:१२

  काठमाडौंमा नेपाल इटाली उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित...

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर

वि.सं.२०८३ वैशाख ६ आइतवार ०८:०८

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना...