CG Electronics
IME Life
NIMB

नेपाल लाइफ समृद्धि लगानी योजना सामूहिक लगानी कोषको बिक्रि खुला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोष प्रवर्द्धन तथा नेपाल लाइफ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना” सामूहिक लगानी कोष आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ।

योजना अन्तर्गत प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइ निष्काशन गर्न लागिएको हो। यसमध्ये कुल इकाइको १५ प्रतिशत बीज पूँजीका रूपमा छुट्याइएको छ, जसमा १४ प्रतिशत (२ करोड २४ लाख इकाई) प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सका लागि र १ प्रतिशत (१६ लाख इकाई) योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध हुनेछन्।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो र इकाई बाँडफाँड भएको मितिदेखि १० वर्षको अवधि रहनेछ।

योजनाको इकाईमा आवेदन माघ ८ गतेसम्म दिन सकिने छ। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आश्वा सेवा उपलब्ध गर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट वा मेरो शेयरमार्फत सि–आश्वा प्रणाली प्रयोग गरी ऑनलाइन आवेदन दिन सकिनेछ।

निष्काशन अघि गरिएको मूल्यांकनमा इक्रा नेपाल लिमिटेडले कोष प्रवर्द्धकलाई “[ICRANP-IR] AA-” (आर्थिक दायित्व समयमै पूरा गर्ने उच्च क्षमतालाई सूचित गर्ने) र योजना व्यवस्थापकलाई “[ICRANP] AMC Quality 3 (AMC3)” (व्यवस्थापन गुणस्तरको पर्याप्त आश्वासन हुने) रेटिङ प्रदान गरेको छ।

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

वि.सं.२०८३ जेठ १३ बुधवार २१:५३

  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा...

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:४२

  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...