NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

जगदम्बा मोटर्सद्वारा नेपालमा पहिलो पटक ‘अपाचे रेसिङ एक्सपिरियन्स’ आयोजना

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा पहिलो पटक Apache Racing Experience (ARE) आयोजना गर्ने घोषणा गरेको छ। प्रसिद्ध TVS Apache मोटरसाइकल सिरिजको २० औं वार्षिकोत्सवको अवसरमा हुने यस कार्यक्रमले मोटरसाइकल प्रेमी तथा रेसिङ उत्साहीहरूको लागि नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

२००६ मा बजारमा प्रस्तुत गरिएको TVS Apache श्रृंखलाले एशियाली बजारमा प्रदर्शन, शक्ति र इन्जिनियरिङ क्षमताका आधारमा छुट्टै पहिचान बनाइसकेको छ। TVS Racing — भारतको प्रतिष्ठित फ्याक्ट्री रेसिङ टोली — को ४० वर्षभन्दा बढी अनुभवमा आधारित यो कार्यक्रम नेपालमा पहिलो पटक स्थानीय राइडरहरूलाई पेशेवर प्रशिक्षण र उच्चस्तरीय रेसिङ अनुभव उपलब्ध गराउने लक्ष्यसहित ल्याइएको हो।

कार्यक्रममा सहभागी हुने राइडरहरूले कोर्नरिङ, प्रिसिजन ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेसिङ पोस्चर र मोटरसाइकल ह्यान्डलिङ सहितका उन्नत सीपहरू सिक्ने अवसर पाउनेछन्। उत्कृष्ट प्रदर्शन गर्ने विजेताले भारतको मद्रास अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा आयोजना हुने One-Make Championship मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक एम. अखिल गुप्ताले TVS Apache को २० वर्षे यात्रालाई स्मरण गर्दै उक्त कार्यक्रमले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकास र स्थानीय प्रतिभाको अन्तर्राष्ट्रिय मंचमा प्रस्तुतीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले सुरक्षित राइडिङ, अनुशासन तथा सीप विकासमा केन्द्रित संरचित प्लेटफर्मको रूपमा काम गर्नेछ। सहभागीहरूलाई सुरक्षा उपकरण र आवश्यक प्रशिक्षण प्रदान गरिनेछ। साथै, कार्यक्रम अवधीमा राइडर समुदायका लागि नेटवर्किङ अवसर, मनोरञ्जन, फुड स्टल तथा रमाइला गतिविधिहरू पनि रहनेछन्।

टीभीएस अपाचेका ग्राहकहरूले नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस एक्सपिरियन्समा सहभागी हुन कम्पनीका आधिकारिक सामाजिक सञ्जालमार्फत दर्ता गर्न सक्ने छन्।

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...