CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव सम्पन्न, डिजिटल बैंकिङ र क्रेडिट स्कोरमा जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१ औं वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री खनालले ऋणीहरूको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्नुपर्ने, ऋणी प्रोफाइलिङ प्रणाली विकास गर्नुपर्ने तथा नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । साथै धितोमा आधारित कर्जा प्रणालीभन्दा क्रेडिट स्कोरको आधारमा कर्जा लगानी गर्ने व्यवस्था लागू गर्न सके उद्यमशीलता, आयआर्जन र तिर्न सक्ने क्षमतामा आधारित अर्थतन्त्र विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री खनालले बैंकको ६१ औं वार्षिकोत्सव विशेषाङ्क स्मारिका उपहार २०८२ विमोचन गर्नुका साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा शाखा कार्यालयहरू डिजिटल माध्यमबाट औपचारिक रूपमा उद्घाटन गर्नुभयो । साथै बैंकको नयाँ प्रडक्ट “आरबिबि फोन लोन” को पनि शुभारम्भ गर्नुभयो । कार्यक्रममा बैंकमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष देव कुमार ढकालले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी बैंकिङ सेवा विस्तार गर्दै उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति तथा आगामी योजनाबारे जानकारी गराउँदै प्रविधिमा आधारित बैंकिङ सेवा र डिजिटल कारोबारलाई प्राथमिकता दिइरहेको बताउनुभयो । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा २०८०/०८१ मा सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक पुरस्कृत भएको जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्यहरू, नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुख, शाखा प्रबन्धक, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवकै अवसरमा बैंकले केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयमार्फत रक्तदान, स्वास्थ्य शिविर, खेलकुद कार्यक्रम तथा ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक हाल ७७ जिल्लामा ३१३ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम तथा ९९ शाखा रहित बैंकिङ सेवा सञ्चालन गर्दै ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल १९ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता तथा करिब १ लाख ४७ हजार क्यूआर मर्चेन्टलाई सेवा दिइरहेको जनाएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...