डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्युलाई लक्षित गर्दै विशेष अभियान सार्वजनिक
Monday Jan 26, 2026
वि.सं.२०८२ माघ १२ सोमवार २१:४६
काठमाडौं । प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासको महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ प्रमोशनल अभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ, मुम्बई जाउँ” नामक अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई नेपालको पहिलो टी–२० विश्वकप सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ।
अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११:१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्। उक्त पुरस्कारमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियम आउजाउका सम्पूर्ण यातायात व्यवस्थासमेत समावेश गरिएको छ।
“डेभिल्स खाउँ, मुम्बई जाउँ” अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ। सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्ने, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्ने र तीन जना साथीलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न पनि सहभागीलाई प्रोत्साहन गरिएको छ।
अभियानबारे प्रतिक्रिया दिँदै एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण भएको उल्लेख गरे। उनले भने, “ ‘डेभिल्स खाउँ, मुम्बई जाउँ’ अभियानमार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौं। क्रिकेटले लाखौं मानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो।”
डेभिल्सले उक्त अभियानमार्फत नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ बलियो बनाउने लक्ष्य लिएको जनाएको छ।





























