CG Electronics
IME Life
NIMB

बजाज ‘नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु, आकर्षक एक्सचेन्ज अफरसहित नयाँ बाइक सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। माघ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने उक्त कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर 220F को औपचारिक सार्वजनिक गरिएको छ। कार्निभलमै पहिलोपटक सार्वजनिक गरिएको यस नयाँ पल्सर मोडेलले बजाज प्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ। फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबीएस र नयाँ ग्राफिक्स जस्ता सुविधासहित उपलब्ध बजाज पल्सर 220F को प्रारम्भिक मूल्य रु. ४,३९,९०० तोकिएको छ।

कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गरिएको छ। नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। बजार मूल्यभन्दा रु. ८,००० सम्म बढी भ्यालुएसन प्राप्त गर्न सकिने पनि उल्लेख गरिएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. का अनुसार, यो कार्निभल नयाँ बाइक खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर हो। पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकहरूलाई अझ सहज र भरोसायोग्य सेवा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ।

बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभलबारे थप जानकारीका लागि नजिकको बजाज शोरूम वा बजाजका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...