CG Electronics
IME Life
NIMB

निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा कर्जा सम्बन्धी नयाँ सफ्टवेयर अभिमुखीकरण गोष्ठी सम्पन्न

NIMB
Himalayan Bank

 

विराटनगर। निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने उद्देश्यले विराटनगरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

कोषको केन्द्रीय कार्यालय र विराटनगर शाखा कार्यालयको संयुक्त आयोजनामा विराटनगरस्थित होटेल रत्नामा आयोजित उक्त गोष्ठीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सपोर्ट, फरवार्ड, जीवन विकास, छिमेक, ग्लोबल आइएमई, स्वरोजगार, मेरो माइक्रोफाइनान्स, एनआइसी एशिया, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लगायत सदस्य संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रमको सुरुवातमा कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषमा सञ्चालनमा रहेका तथा सञ्चालनमा आउन लागेका कर्जा सम्बन्धी कार्यक्रमहरूको जानकारी दिनुभएको थियो। सदस्य संस्थाका प्रतिनिधिहरूबाट उठेका जिज्ञासाहरूको जवाफ दिँदै कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषका भावी योजना तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो।

त्यसैगरी कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको प्रस्तुतीकरण गर्नुभएको थियो। उक्त सफ्टवेयर सम्बन्धी सहभागी संस्थाहरूबाट प्राप्त सुझाव तथा सल्लाहहरू कर्जा विभागका सहायक अधिकृत आशिष पौडेलले संकलन गरेका थिए। प्राप्त सुझावहरूलाई सफ्टवेयरमा समावेश गरी कर्जा सम्बन्धी दाबी तथा क्षतिपूर्ति प्रक्रियालाई सहज बनाउने लक्ष्य रहेको कोषले जनाएको छ।

गोष्ठीमा करिब ७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कोषले वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर संवाद र छलफल गर्दै बजार सुरक्षणको आवश्यकता अनुसार मौजुदा कार्यक्रमहरूमा रहेका समस्या पहिचान गर्ने तथा सुझाव संकलन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा सबै प्रदेश समेट्ने गरी यस्ता गोष्ठी सञ्चालन गर्ने जनाएको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...