CG Electronics
IME Life
Ncell NPL

एनएमबि बैंकको दोस्रो त्रैमासिक नाफा १ अर्ब ६४ करोडमा सीमित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको कुल आम्दानी बढेको छ, तर इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा घटेको छ।

बैंकले चालू आवको पुस मसान्तसम्म ४ अर्ब ७७ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिको ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँको तुलनामा १२.१८ प्रतिशतले बढेको हो।

त्यसैगरी खुद फी तथा कमिशन आम्दानी १ अर्ब १० करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब ३४ करोड २९ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ५ अर्ब ६८ करोड ४६ लाख रुपैयाँबाट बढेर ६ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ कायम भएको छ।

तर, इम्पेयरमेन्ट चार्ज ३४ करोड ४७ लाख रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेकोले बैंकको खुद नाफा घटेको छ। यसकारण खुद नाफा २ अर्ब ३५ लाख रुपैयाँबाट घटेर १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँमा झरेको छ। सञ्चालन नाफा पनि २ अर्ब ९६ करोड २८ लाख रुपैयाँबाट घटेर २ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ।

वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँबाट घटेर ५६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) २०.७८ रुपैयाँबाट घटेर १७.१० रुपैयाँमा झरेको छ। खराब कर्जा (एनपीएल) ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ १६८.७५ रुपैयाँ कायम रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १३.९८ गुणा रहेको छ।

बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। बैंकले २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...