CG Electronics
IME Life
NIMB

नबिल बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, अधिकांश वित्तीय सूचक सुधारमा

NIMB
Himalayan Bank

 

काठमाडौँ । नबिल बैंक लिमिटेडको मुनाफामा चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म उच्च सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकमा लोभलाग्दो वृद्धि भएको छ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकको खुद नाफा ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँको तुलनामा ४६.७१ प्रतिशतले बढी हो।

पुष मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतले बढेर ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो आम्दानी ७ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा पनि २६.९५ प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा ५ अर्ब १७ करोड ७४ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा चालू वर्षमा बढेर ६ अर्ब ५७ करोड २६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७३ प्रतिशतले बढेर ३ अर्ब २७ करोड ३० लाख, खुद फी तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेर १ अर्ब ६१ करोड, चुक्ता पूँजी १८.४८ प्रतिशतले बढेर ३२ अर्ब ५ करोड ६९ लाख, र जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ।

बैंकको खराब कर्जा (NPL) ४.९३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी ३५.०४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३५.६४ रुपैयाँ कायम रहेको छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...