NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

एनआईसी एशिया बैंकको नाफा घट्यो, खराब कर्जा ७.४७ प्रतिशतमा पुगेको छ

NIMB
leapmotornepal (citroen)

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा १३ करोड ११ लाख रुपैयाँ कमाएको छ। यो गत आवको सोही अवधिको १५ करोड १७ लाख रुपैयाँ खुद नाफाको तुलनामा १३.५४ प्रतिशतले कम हो।

बैंकको वित्तीय विवरणअनुसार, खुद ब्याज आम्दानी गत आवको पुस मसान्तसम्म ५ अर्ब १६ करोड ६९ लाख रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म १५.५४ प्रतिशत घटेर ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँमा झरेको छ।

त्यसैगरी, कुल सञ्चालन आम्दानी ६ अर्ब ५ करोड ३९ लाख रुपैयाँबाट घटेर ५ अर्ब ३३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ। यसरी आम्दानी घट्दा बैंकको सञ्चालन नाफा पनि ३४ करोड १९ लाख रुपैयाँबाट घटेर १९ करोड ७७ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा प्रतिशेयर आम्दानी (EPS) २.०४ रुपैयाँबाट घटेर १.७७ रुपैयाँमा सीमित भएको छ भने खराब कर्जा (NPL) ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १८८.४४ रहेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको भए तापनि रिजर्भ फण्डमा २२ अर्ब ६ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। बैंकले २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...