CG Electronics
IME Life
Ncell NPL

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्।

ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै सिआरएन नम्बर प्राप्त हुनेछ। त्यसपछि, ग्राहकहरूले आईपीओहरू खुला हुने समयमा एपमार्फतै आवेदन दिन सक्नेछन्। साथै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूलाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुल्ला हुनेबारे जानकारी पनि प्राप्त हुनेछ। यस सेवाले ग्राहकलाई आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ।

एपमा लाइभ मार्केट सुविधा

ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ। यस सुविधामा ग्राहकहरूले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्ट लगायतका विभिन्न लगानीका अवसरहरूको जानकारी प्राप्त गर्न सक्नेछन्।

लाइभ मार्केट सुविधा मार्फत ग्राहकहरूले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन् र यसले व्यक्तिगत शेयर लगानी ट्र्याक गर्ने अवसर प्रदान गर्दछ। ग्राहकहरूले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेर आफ्नो शेयरको मूल्य र नाफारघाटा रियल टाइममा ट्र्याक गर्न सक्छन्। क्यालकुलेटरको प्रयोगले शेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाब किताब गर्न मद्दत पुर्याउँछ, जसले लगानीको योजना बनाउँदा सहयोगी बन्नेछ ।

वाचलिस्ट सुविधाले लगानीकर्ताहरूलाई आफ्नो रोजाईका शेयरहरूको सूची बनाउने अवसर दिन्छ, जसको माध्यमबाट उनीहरू आफ्नो लगानी निर्णय अघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन्। स्टक कम्प्यारिजन सुविधाले ग्राहकलाई शेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांङ्कहरूको आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्दछ, जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्दछ।

यससँगै, ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूलाई दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको छ, जसले उनलाई स्मार्टफोन प्रयोग गरेर शेयर बजारको गतिविधिहरू ट्र्याक र विश्लेषण गर्नका लागि सुविधाजनक र डिजिटल माध्यम उपलब्ध गराउँछ।

बैंकले यस नयाँ सुविधा सुरुवात गर्नका लागि ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्लोबल स्मार्ट प्लस एपले डिजिटल वित्तीय सेवाहरूमा नयाँ आयाम थप्दै, नेपालमा आधुनिक वित्तीय समावेशीकरणको दिशा तय गर्दैछ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउ“दै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउदै आएको छ ।

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...