नयाँ रेकर्डपछि सुनको मूल्यमा ठूलो गिरावट, शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ
Friday Jan 30, 2026
वि.सं.२०८२ माघ १६ शुक्रवार ११:०१
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य नयाँ रेकर्डपछि ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले घटेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, अमेरिकी डलरको विनिमय दर, र लगानीकर्ता तथा आपूर्तिको माग–आपूर्तिको प्रभावका कारण सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने बताएका छन्।





























