CG Electronics
IME Life
NIMB

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

NIMB
Himalayan Bank

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्ट (सीए) दीक्षित भएका छन्।

महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि रायाले दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै महालेखापरीक्षक रायाले सुशासनमार्फत राष्ट्र निर्माणमा योगदान गर्न चार्टर्ड एकाउन्टेन्टहरूलाई आग्रह गर्नुभयो। उहाँले सरकार, नियामक निकाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उच्च नैतिकता र पेसागत विकासमा जोड दिनुभयो।

चार्टर्ड एकाउन्टेन्ट राष्ट्रको आर्थिक विकासका लागि अत्यावश्यक विशिष्ट पेसा भएको उल्लेख गर्दै उहाँले नवदीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई शुभकामना व्यक्त गर्नुभयो। सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र आन्तरिक नियन्त्रण प्रणाली सुनिश्चित गर्न चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। साथै, प्रविधि परिवर्तन भए पनि नैतिक मूल्यमा सम्झौता गर्न नहुनेमा उहाँले जोड दिनुभयो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले हाल सरकारी वित्तमा दबाब रहे पनि बाह्य क्षेत्र सन्तोषजनक रहेको र मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेकाले चिन्ताजनक अवस्था नरहेको बताउनुभयो।

समारोहमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले नवदीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई स्वागत गर्दै संस्थाले पछिल्लो समय गरेका पहलकदमीबारे जानकारी गराउनुभयो। आइक्यानले सीए वर्ल्डवाइड सदस्यता, GAIN–Nepal परियोजना, पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम, यूजीसीसँग समझदारीपत्र, तथा लेखा व्यवसायीको दायरा विस्तारलगायत गतिविधि अघि बढाएको उहाँले जानकारी दिनुभयो।

सो अवसरमा आइक्यानद्वारा आयोजित क्विज र पब्लिक स्पिकिङ प्रतियोगिताका विजेतालाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...