CG Electronics
IME Life
NIMB

सरकार सतर्क: साल्ट ट्रेडिङको नूनमा आयोडिन बढी भएको भ्रम फैलाउने प्रयास गलत

NIMB
Himalayan Bank

 

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन नेपालले बिक्री–वितरण गर्ने आयोडिनयुक्त नूनमा आवश्यकभन्दा बढी आयोडिन रहेको भन्दै केही समूहले फैलाएको भ्रमप्रति सरकारका सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको आयोडिन महिना अन्तरक्रिया कार्यक्रममा उपस्थित अधिकारीहरूले साल्ट ट्रेडिङको नूनमा आयोडिनको मात्रा मापदण्डअनुसार नै रहेको स्पष्ट पारे। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक डा. ईश्वर सुवेदीले उद्योगबाट प्याकेजिङ्गमा ५० पीपीएम र भान्सामा पुग्दा ३० पीपीएम आयोडिन रहनुपर्ने मापदण्ड अनुसार नूनमा आयोडिनको मात्रा ठिक रहेको बताए।

डा. सुवेदीले भने, “हाम्रो खाना पकाउने शैली फरक छ। धेरै भुट्ने, अदुवा र टमाटर हालेर पकाउँदा करिब १२ प्रतिशत आयोडिन नष्ट हुन्छ। त्यसैले अहिलेको आयोडिन मात्रा उपयुक्त छ।” उनले गरिबीको रेखामुनि रहेका व्यक्तिहरूका लागि आयोडिन कम पर्न सक्ने र विदेशी अभ्यासको नक्कल गरेर ‘आयोडिन बढी’ भन्न नमिल्ने पनि बताए।

साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले श्रीलङ्काको उदाहरण पेश गर्दै भनिन्, “त्यहाँ आयोडिन बढी छ भन्ने भ्रम फैलाइएपछि सरकारले मात्रा घटायो, जसको परिणामस्वरूप अस्वस्थ शिशु जन्मिन थाले। नेपालले त्यस्तो गल्ती नगरोस्।”

फुड टेक्नोलोजिस्ट शोभिता श्रेष्ठले पनि नेपालको खाना पकाउने बानीका कारण हालको आयोडिन मात्रा आवश्यकभन्दा बढी नभएको स्पष्ट गरिन्।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, “कानून विपरीत आयोडिनरहित नून केही व्यापारीले उच्च मूल्यमा बिक्री गरेका छन्। उपभोक्तालाई ठग्ने कामविरुद्ध हामी दृढ छौँ।”

सरकार र सरोकारवालाहरूले यसरी साल्ट ट्रेडिङको नूनमा आवश्यक मात्रामा आयोडिन रहेको र भ्रम फैलाउने प्रयास गलत भएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...