CG Electronics
IME Life
NIMB

कलंकीमा माघ २२ देखि सागर ग्रुपको प्रविधि एक्स्पो

NIMB
Himalayan Bank

 

काठमाडौँ। सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ। “baleyo Experience: Technology & Lifestyle” नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो।

ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ। सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धर ले यस प्रकारका कार्यक्रमले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। एक्स्पोमा x-Lab (प्रमुख प्रायोजक ब्राण्ड) सहित brother, Konica Minolta, Kaspersky, NEC, Micropack, IDP तथा Odoo लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू स्वयं उपस्थित भई आवश्यक जानकारी, डेमो तथा परामर्श प्रदान गर्नेछन्।

एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छूट तथा अतिरिक्त सेवा प्राप्त गर्नेछन्। साथै x-Lab, brother र Konica Minolta ले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागीहरूका लागि विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ कार्यक्रम पनि सञ्चालन गर्ने जनाइएको छ।

६ दिनसम्म सञ्चालन हुने यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। त्यस्तै, हरेक दिन एक जना भाग्यशाली आगन्तुकलाई लक्की ड्रमार्फत Micropack को गेमिङ कम्बो सेट उपहार प्रदान गरिने आयोजकले जनाएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...