CG Electronics
IME Life
NIMB

नेपाल टेलिकम २३औँ वर्षमा प्रवेश, फोरजी विस्तार र फाइभजी तयारी

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापना दिवसको अवसरमा सेवा विस्तार, नयाँ प्रविधि विकास र ग्राहक केन्द्रित विभिन्न योजनाको घोषणा गरेको छ। कम्पनी २२औँ वार्षिकोत्सव पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा सरकारका उच्च अधिकारी, नियामक निकायका प्रतिनिधि तथा सरोकारवालाहरू सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै कम्पनीले देशभर दूरसञ्चार सेवा विस्तारलाई प्राथमिकता दिँदै हाल फोरजी/एलटीई सेवा ७७ जिल्लाका ७४९ स्थानीय तहमा विस्तार गरिएको जनाएको छ। कम्पनीका अनुसार टुजी, थ्रीजी र फोरजी प्रविधिमार्फत देशभर ४ हजार ७८८ स्थानमा मोबाइल सेवा उपलब्ध गराइएको छ। हुम्ला, मुगु लगायतका केही स्थानीय तहमा समेत छिट्टै फोरजी सेवा सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ।

कम्पनीले फोरजी कोर प्रणाली स्तरोन्नति गर्दै फाइभजी सेवा सञ्चालनको तयारी अघि बढाएको जनाएको छ। यस्तै उच्च गतिको इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित एफटीटीएच नेटवर्क विस्तार गरी २२ लाख ६५ हजार क्षमता पुर्‍याइएको र त्यसबाट ८ लाख ४९ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा दिइएको जानकारी दिइयो।

दुर्गम तथा विकट क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रममा चालु आर्थिक वर्षमा दोलखा, सोलुखुम्बु, बझाङ, दार्चुला, संखुवासभा र जुम्ला लगायतका स्थानमा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ। साथै डाटा सेन्टर निर्माण, नयाँ बिलिङ प्रणाली र क्लाउड प्लेटफर्म विकास कार्य समेत अघि बढाइएको छ।

आर्थिक पक्षतर्फ कम्पनीले गत आर्थिक वर्षमा ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरी ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ। सो अवधिमा कर तथा शुल्कमार्फत १८ अर्ब ४६ करोड रुपैयाँ सरकारको कोषमा योगदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हाल ग्राहक संख्या २ करोड १९ लाखभन्दा बढी पुगेको छ भने भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याइएको र सरकारी अस्पताल, विद्यालय तथा सामाजिक संस्थालाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न अफरहरू समेत सार्वजनिक गरेको छ। माघ २२ देखि २८ गतेसम्म विशेष डाटा तथा भ्वाइस प्याकेज उपलब्ध गराइने, प्रिपेड सिमकार्ड छुट दरमा उपलब्ध गराइने तथा एफटीटीएच नयाँ जडान शुल्क मिनाहा गरिने योजना सार्वजनिक गरिएको छ।

कम्पनीले आगामी दिनमा फोरजी विस्तार, फाइभजी सेवा सञ्चालन, अप्टिकल फाइबर विस्तार, डाटा सेन्टर पूर्वाधार विकास तथा डिजिटल सेवा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...