CG Electronics
IME Life
NIMB

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपाल – नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले उत्कृष्ट सेवा प्रदान गर्दै आफ्नो १५औँ वर्ष सफलतापूर्वक पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज माघ २३, २०८२ मा नक्साल, नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ।

वि.सं. २०६६ साल माघ महिनामा स्थापना भएको नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। स्थापना कालदेखि नै व्यावसायिकता, सुशासन, पारदर्शिता तथा ग्राहक–केन्द्रित सेवामार्फत संस्थाले बलियो संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ।

बदलिँदो वित्तीय परिवेशसँग आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन मूल्य सिर्जना गर्ने उद्देश्यले विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ। नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा तथा शेयर प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ।

त्यसैगरी, इन्भेस्टमेन्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष सम्बन्धी सेवा तथा संस्थागत परामर्श सेवाहरू समेत उपलब्ध गराउँदै आएको छ। संस्थाले ग्राहकहरूलाई संस्थागत परामर्श सेवा अन्तर्गत संस्थागत पुनर्संरचना (Restructuring), मूल्याङ्कन (Valuation), व्यवसायिक योजना (Business Plan), लोन सिन्डिकेशन (Loan Syndication), सम्पत्ति व्यवस्थापन (Wealth Management), मर्जर तथा एक्विजिसन (Merger and Acquisition) तथा लगानी सम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दै आएको छ।

यसका साथै, संस्थाले निकट भविष्यमा विशिष्ट लगानी कोष अन्तर्गत प्राइभेट इक्विटी फण्ड सञ्चालन गर्ने तयारी गरिरहेको छ।

१५औँ वार्षिकोत्सवको उपलब्धिलाई संस्थागत गौरवका रूपमा मनाउँदै नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले आगामी दिनहरूमा नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री सेवा तथा दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्थाले आफूलाई सेवा गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, नियामक निकायहरू, सञ्चारमाध्यम, संस्थापक कम्पनीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...