CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंक र GIZ नेपालबीच विद्युतीय यातायात प्रवर्द्धनका लागि सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं। माघ ३ — नेपाल एसबिआई बैंक लिमिटेड र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता भएको छ।

बैंकले Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनासँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो। यो परियोजना Mitigation Action Facility को आर्थिक सहयोगमा, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MoPIT) तथा Global Green Growth Institute (GGGI) को सहकार्यमा GIZ द्वारा सञ्चालन हुँदै आएको छ।

SET4NPL परियोजनाले नेपालको सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन सार्वजनिक यातायात सञ्चालक तथा त्यस क्षेत्रमा लगानी गर्ने बैंक, वित्तीय संस्था र हायर पर्चेज कम्पनीहरूलाई विभिन्न वित्तीय तथा गैर–वित्तीय प्रोत्साहन प्रदान गर्ने लक्ष्य लिएको छ।

परियोजनाअन्तर्गत करिब ३ हजार ५ सय विद्युतीय माइक्रोबस तथा मिनिबस खरिद तथा सञ्चालनका लागि प्रोत्साहन प्याकेज उपलब्ध गराइनेछ। साथै, विद्युतीय सवारी साधनहरूमा GPS, ई–टिकटिङ उपकरण र नेटवर्किङ प्रणाली जडान गरी केन्द्रिय वेब पोर्टलमार्फत सबै सवारी साधनलाई एकीकृत गरिने जनाइएको छ।

सम्झौताअनुसार नेपाल एसबिआई बैंकले वित्तीय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै नेपालको हरित यातायात र दिगो विकास पहलमा योगदान पुर्‍याउने जनाएको छ।

समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत रोशन कोइराला र GIZ नेपालका तर्फबाट मुख्य सल्लाहकार डिएगो सेनोनरले हस्ताक्षर गरेका थिए।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...