CG Electronics
IME Life
NIMB

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त हुनुभएको छ । सम्माननीय प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय मिति २०८२ माघ २२ को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिति २०८२ माघ २३ गते नियुक्ति पत्र जारी गर्दै उहाँलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई उत्तीर्ण गर्नुभएको छ । उहाँले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदबाट सेवा सुरु गरी २०५२ जेठ ९ गते स्थायी नियुक्ति प्राप्त गर्नुभएको थियो ।

उहाँ २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक पदमा कार्यरत रहँदै प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन र ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । नियुक्ति हुनुअघि उहाँ प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पदभार ग्रहण गर्दै डंगोलले नेपाल सरकारले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै ग्राहकको आवश्यकता र सरकारको प्राथमिकता अनुरूप कम्पनी, कर्मचारी तथा राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमताबीच सन्तुलन कायम गर्ने लक्ष्य रहेको बताउनुभयो ।

साथै साझा उद्देश्यका साथ आत्मविश्वास र प्रतिबद्धतापूर्वक अघि बढ्न कर्मचारीहरूलाई आह्वान गर्नुभयो ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...