CG Electronics
IME Life
NIMB

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप जर्सी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपाल – विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको हो।

“नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो एउटा साझा राष्ट्रिय भावना हो,” भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भन्नुभयो । “यस अभियानमार्फत हामी फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, उनीहरूलाई भिभाकोे नवीन विशेषतासँगै राष्ट्रिय रङ्ग (जर्सी) गर्वका साथ लगाउने अवसर दिन चाहन्छौं ।”

यस योजना अन्तर्गत, भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराज मार्फत यही माघ २७ गते सम्म रु. ३५,००० भन्दा माथिको जुनकुनै भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकहरूले निःशुल्क विश्वकप जर्सी उपहार स्वरुप प्राप्त गर्नेछन्। यो अफर भिभो वाई ४००, भिभो भि६० लाईट, भिभो भि६०, भिभो एक्स २०० प्रो र भिभो एक्स ३०० प्रोमा लागू हुनेछ ।

उपभोक्ता अफरका अतिरिक्त, भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्नेछ, जहाँ फ्यानहरूले अन्तरक्रियात्मक गतिविधिहरूमा सहभागी भई निःशुल्क जर्सी तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन्।

यो पहलले उपभोक्ताहरूलाई आफ्नो स्मार्टफोन अपग्रेड गर्नुका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एकीबद्धता जनाउने मौका समेत दिएको छ । यो अभियान नेपाली क्रिकेटप्रति भिभोकोे दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हो । नेपाल प्रिमियर लिग देखि विश्वकपसम्म, भिभोले सधैं क्रिकेट समुदायसँगै उभिँदै फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नेपाली क्रिकेटलाई विश्वमञ्चमा अघि बढाउन समर्थन गर्दै आएको छ ।

 

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...