CG Electronics
IME Life
NIMB

आदिवासी पहिचान संरक्षणका लागि राष्ट्रिय प्रतिष्ठान गठन, २५औँ रजत जयन्तीमा तीनदिने आदिवासी ज्ञान महोत्सव–२०८२ सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन)को आयोजना तथा काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा आइतबार रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन–२०८२ सुरु भएको छ। “ज्ञानको साझा प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण” भन्ने नारासहित वि.सं. २०८२ माघ २५ देखि २७ गतेसम्म तीनदिने सम्मेलन सञ्चालन हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दै सम्मेलनको औपचारिक शुभारम्भ गरेका छन्। कार्यक्रमले नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने संविधानको मर्म अनुसार सरकार समावेशी नीति कार्यान्वयनमा कटिबद्ध रहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आदिवासी सांस्कृतिक, भाषिक र भौतिक ज्ञानको संरक्षण र प्रवद्र्धनमा राज्य र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए।

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले तीनदिने सम्मेलनमा आदिवासी ज्ञान, अधिकार, संस्कृति, नीति तथा अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी बहस, प्रस्तुति र अनुभव आदान–प्रदान गरिने जानकारी दिए। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी कला र संस्कृति लोप हुन नदिन राज्यको दायित्व रहने बताए।

सम्मेलनमा आदिवासी प्रथा, परम्परा, शासन प्रणालीका विषयमा ८१ वटा कार्यपत्र प्रस्तुत र छलफल गरिनेछ। यसैबीच विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको छ। उद्घाटन कार्यक्रममा सुनुवार, भोटे र राउटे समुदायका सांस्कृतिक प्रस्तुतिहरू समावेश थिए। कार्यक्रम २७ गतेसम्म सञ्चालन हुनेछ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...