CG Electronics
IME Life
NIMB

पारस खड्का हायरको ब्रान्ड एम्बासडर नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन्। हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलका तथ्याङ्क अनुसार हायर बिक्री परिमाणका आधारमा विगत १७ वर्षदेखि निरन्तर विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्डको स्थानमा रहेको छ। सन् २०२५ को तथ्याङ्कअनुसार रेफ्रिजेरेटरतर्फ १८ वर्षदेखि, वासिङ मेसिनतर्फ १७ वर्षदेखि, वाइन कुलरतर्फ १६ वर्षदेखि, र फ्रिजर बिक्रीमा १५ वर्षदेखि अग्रस्थान कायम राख्दै आएको छ।

विश्वकै अग्रणी ब्रान्डका रूपमा हायरले अन्तर्राष्ट्रिय खेलकुदमा पनि लगानी गर्दै आएको छ। कम्पनीले लिभरपुल एफसी, पेरिस सेन्ट जर्मन, र एटीपी टुरसँग दीर्घकालीन साझेदारी गरेको छ। यही क्रममा आगामी दिनमा नेपालको खेलकुद क्षेत्रमा पनि हायरको उपस्थिति हुने अपेक्षा गरिएको छ।

सम्झौताका क्रममा क्रिकेटर पारस खड्काले हायरसँग जोडिन पाउनु महत्वपूर्ण अवसर भएको बताएका छन् भने नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छाले सहकार्यबाट सफलताको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...