NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

वृज एडिटिभ्स प्रायोजनमा सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । वृज एडिटिभ्स् प्रा.लि.को प्रायोजनमा आयोजित सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। “दूरदृष्टिसहितको निर्माणः दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय” भन्ने नारासहित नेपाल इन्जिनियरिङ क्याम्पस, पुल्चोकको प्राङ्गणमा माघ २३ गतेदेखि तीन दिनसम्म प्रदर्शनी आयोजना गरिएको थियो।

प्रदर्शनीअन्तर्गत फोटोग्राफी, क्विज, ट्रेजर हन्ट, पप्सिकल ब्रिज, पेपर प्रिजेन्टेसन, फ्लोट डिजाइन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, सेकेन्ड टेबल, कविता प्रतियोगिता, ओलम्पियाड, अटोक्याड, इट्याब्स, आइडियाथन र ह्याकाथन गरी १५ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा गरिएको थियो।

कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समापन समारोहमा प्रतियोगिताका विजेता तथा उपविजेतालाई वृज एडिटिभ्स् प्रा.लि.का सहायक महाप्रबन्धक रविन्द्र उपाध्याय र परियोजना प्रबन्धक प्रशान्त पोखरेलले ट्रफी प्रदान गरेका थिए। यसले कम्पनीको इन्जिनियरिङ समुदायसँगको सहकार्य तथा प्राविधिक विकासप्रतिको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।

सन् २०२२ मा स्थापना भएको वृज एडिटिभ्स् प्रा.लि. केडिया अर्गनाइजेसनको निर्माण रसायन क्षेत्रतर्फको रणनीतिक पहल हो। कम्पनी कंक्रिट एडमिक्स्चर, टाइल एडहेसिभ तथा वाटरप्रूफिङ समाधानमा केन्द्रित रहँदै आएको छ। ISO 9001:2015 प्रमाणित उद्योगका रूपमा कम्पनीले आधुनिक प्रविधिमार्फत गुणस्तरीय उत्पादन गर्दै आएको जनाएको छ।

प्रदर्शनीमा कम्पनीले रेडी–मिक्स कंक्रिट (RMC), जलविद्युत आयोजना, पूर्वाधार तथा ठूला आवासीय–व्यावसायिक परियोजनामा प्रयोग हुने उन्नत कंक्रिट एडमिक्स्चर समाधानहरू प्रस्तुत गरेको थियो। यसअन्तर्गत Silkon Flowmix PC Series (PC 100, PC 350, PC 450, PC 550) ले कंक्रिटको वर्केबिलिटी सुधार, पानी–सिमेन्ट अनुपात घटाउने तथा प्रारम्भिक र दीर्घकालीन मजबुती वृद्धि गर्ने क्षमता राख्ने बताइएको छ। त्यस्तै Ultraset 100 (Accelerator) छिटो सेट हुने तथा समय–संवेदनशील परियोजनाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

कंक्रिट एडमिक्स्चरका अतिरिक्त कम्पनीले टाइल एडहेसिभ तथा वाटरप्रूफिङ समाधानहरू पनि प्रदर्शनीमा प्रस्तुत गरेको थियो। Tile Adhesive Series (FT, WT, AT, Ultra White Adhesive, Epoxy तथा Grout) सिरेमिक, भिट्रिफाइड, मार्बल, ग्रेनाइट तथा ठूला फर्म्याटका टाइलहरूका लागि उपयुक्त रहेको बताइएको छ।

यसैगरी Weather Pro+ 250, Superlatex र Cem-Shield जस्ता वाटरप्रूफिङ समाधानहरूले भवन तथा संरचनालाई चुहावट, सिपेज र ओसिलोपनबाट जोगाउन सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

वृज एडिटिभ्स् प्रा.लि.को दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ। कम्पनीले कडा गुणस्तर नियन्त्रण, आधुनिक उत्पादन प्रक्रिया तथा निरन्तर अनुसन्धान तथा विकासलाई प्राथमिकतामा राख्दै स्थिर गुणस्तर, व्यवहारिक समाधान, नवप्रवर्तन तथा दिगो निर्माण अभ्यासप्रति प्रतिबद्धता जनाउँदै आएको जनाएको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...