CG Electronics
IME Life
NIMB

चीनको १५औँ पञ्चवर्षीय योजनाले नेपाल–चीन सहकार्य विस्तार हुने संकेत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। चीनले अघि सारेको १५औँ पञ्चवर्षीय योजनाले नेपाल–चीन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना रहेको भन्दै विज्ञहरूले यसबाट व्यावहारिक लाभ लिन नेपालले स्पष्ट रणनीति बनाउनुपर्ने बताएका छन्।

फ्रेन्ड्स अन क्लाउडको आयोजनामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा चीनसम्बन्धी अनुसन्धानकर्ता रोयल आचार्यले चीनको दीर्घकालीन विकास रणनीति तथा १५औँ पञ्चवर्षीय योजनाका प्राथमिकताबारे प्रस्तुति दिएका थिए। उनले उक्त योजनाले उत्पादन, सीप र सेवामा आधारित अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको बताए।

कार्यपत्र अनुसार चीनले राष्ट्रिय सुरक्षा र दिगो विकासलाई समानान्तर रूपमा अघि बढाउँदै युवा केन्द्रित नीति, सीपमूलक जनशक्ति विकास, सेवामूलक व्यापार विस्तार, कृषिजन्य उत्पादनको औद्योगिकीकरण, गुणस्तरीय उत्पादन प्रवर्द्धन तथा ग्रामीण क्षेत्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। उत्पादनको आधारमा लगानी आकर्षित गर्ने नीति योजनाको अर्को महत्वपूर्ण पक्ष रहेको पनि उल्लेख गरिएको छ।

कार्यपत्रमाथि धारणा राख्दै अर्थविद् डा. रघु वाग्ले र विकासविद् डा. मुक्ति रिजालले चीनको योजनाबद्ध विकास अभ्यास नेपालका लागि उपयोगी उदाहरण बन्न सक्ने बताए। उनीहरूले चीनमा बनाइने योजनाहरू लक्ष्यअनुसार प्रभावकारी रूपमा कार्यान्वयन हुने गरेको उल्लेख गर्दै नेपालमा भने योजना निर्माण र कार्यान्वयनबीच ठूलो अन्तर देखिने गरेको टिप्पणी गरे।

विज्ञहरूका अनुसार चीनको तीव्र आर्थिक वृद्धिले निकट भविष्यमा उसलाई विश्व शक्तिको अग्रस्थानमा पुर्‍याउने आधार तयार गरेको छ। साथै, चीनले विश्वस्तरमै गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको उनीहरूको भनाइ छ।

कार्यक्रममा फ्रेन्ड्स अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलस्रोतविद् कृष्णप्रसाद भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता श्याम घिमिरेलाई सम्मान गरेका थिए।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...