CG Electronics
IME Life
NIMB

नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २८औँ वर्षमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपालको चेन हस्पिटालिटी क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित सिद्धार्थ हस्पिटालिटी २८औँ वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा कैलालीको टीकापुरबाट सामान्य होटलका रूपमा सुरु भएको सिद्धार्थ हस्पिटालिटीले पछिल्ला वर्षहरूमा आतिथ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख कार्यदिशा बनाउँदै आएको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सामाजिक उत्तरदायित्वका सन्दर्भमा सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले संस्थाको दीर्घकालीन सफलता समाजसँग जोडिएको बताए। “हस्पिटालिटी केवल सेवा मात्र होइन, समाजसँगको जिम्मेवारी पनि हो। सिद्धार्थ ग्रुपले जहाँ सेवा विस्तार गर्छ, त्यहीँ समुदायसँग जोडिएर स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका कामलाई निरन्तर अघि बढाउने नीति लिएको छ,” उनले भने।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले सिद्धार्थ हस्पिटालिटीको यात्रा केवल व्यावसायिक विस्तारमा सीमित नभई सामाजिक कामका साथै पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र समुदायसँगको सहकार्यमा आधारित रहेको बताए।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरी करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ । साथै देशभर २५०० हाराहारीलाई रोजगारी पनि दिएको छ ।

हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारे, चारतारे र तीनतारे स्तरका होटल, रिसोर्ट, कटेज तथा क्याफे सञ्चालनमा छन्। पाँचतारे स्तरमा सिद्धार्थ विलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्ड स्थापित भइसकेका छन्। साथै सिद्धार्थ कटेज, सिद्धार्थ क्याफे तथा नयाँ ब्रान्ड ‘एस होटल’ सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।

सिद्धार्थ हस्पिटालिटीले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा हस्पिटालिटी अध्ययनरत विद्यार्थीलाई ‘पढ्दै–कमाउँदै’ कार्यक्रममार्फत सीप विकासमा जोड दिइएको छ भने स्थानीय अर्गानिक उत्पादनको प्रयोग र प्रवर्द्धन पनि प्राथमिकता दिइँदै आएको छ। ग्रुपले हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ कन्सर्न, सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका (कृषि फर्म), सर्व टेक्नोलोजीजलगायत कम्पनीमार्फत विभिन्न क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा ग्रुप अन्तर्गतका विभिन्न युनिटहरूले देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेका छन्। सरकारी अस्पतालमा उपचाररत बिरामीहरूलाई जुस तथा फलफूल वितरण, अनाथालय तथा वृद्धाश्रममा खाद्य सामग्री सहयोग, राउटे समुदायलाई खाद्य सामग्री वितरण, अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, निःशुल्क आँखाको जाँच, वृक्षरोपण तथा सार्वजनिक तथा धार्मिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। यी कार्यक्रमहरू टिकापुर, धनगढी, नेपालगञ्ज, सुर्खेत, चितवन, दमौली, बुटवल, बौद्ध, बिर्तामोड, बान्दीपुरलगायत देशका विभिन्न स्थानमा स्थानीय समुदायसँगको सहकार्यमा सम्पन्न गरिएको कम्पनीको भनाइ छ ।

वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूमा संस्थाप्रति अपनत्व र उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले ‘मेरो सिद्धार्थ’ अभियानको सुरुआत गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत ‘साकार’ संस्थामार्फत स्वास्थ्य, शिक्षा, विपद् राहत तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको ग्रुपले आगामी दिनमा पनि व्यावसायिक वृद्धिसँगै सामाजिक प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ। त्यस अवसरमा कर्मचारीलाई आफ्नो कामप्रति अपनत्व उत्तरदायी अनुभूति गराउनका लागि लगानीमैत्री वातावरण सृजना गर्नको लागि ‘मेरो सिद्धार्थ’ नामक अभियानतो सुरुवात गरिएको छ । यसबाहेक धनगढी जिल्ला प्रहरी कार्यालयलाई एक थान प्रहरीबिट हस्तान्तरण गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...