CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीका अनुसार सञ्चालन आयमा सामान्य वृद्धि भए पनि खुद मुनाफामा १२.९८ प्रतिशतको गिरावट देखिएको छ।

दोस्रो त्रैमाससम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रूपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशत (२९ करोड ४८ लाख रूपैयाँ) बढी हो। तर, कुल आम्दानी भने १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रूपैयाँ कायम भएको टेलिकमले जनाएको छ।

कम्पनीले यो वर्षको दोस्रो त्रैमाससम्म खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रूपैयाँ मात्र भएको जनाएको छ, जुन गत वर्षको सोही अवधिको ४ अर्ब ७८ करोड ५९ लाख रूपैयाँको तुलनामा १२.९८ प्रतिशत कम हो। कर अघिको मुनाफा पनि ४.५९ प्रतिशत घटेर ५ अर्ब ९१ करोड ४३ लाख रूपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी ४६ रुपैयाँ २७ पैसा रहेको छ।

टेलिकमले मुनाफा घट्नुमा विभिन्न आन्तरिक र बाह्य कारणहरू जिम्मेवार भएको स्पष्ट पारेको छ। जसमा ह्वाट्सएप, भाइबर जस्ता ओटीटी सेवाहरूको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय आगमन कलमा कमी, बजारमा ब्याजदर घट्नु, लगानीको मूल्य परिवर्तन, कर्मचारी खर्च, कर र अन्य खर्चको वृद्धि समावेश छ।

प्रतिस्पर्धात्मक चुनौती र वित्तीय दबाबका बाबजुद, नेपाल टेलिकमले दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...