NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीद्वारा कृषि कर्जा सुरक्षण योजनाबारे कार्यशाला सम्पन्न

NIMB
leapmotornepal (citroen)

काठमाडौं, फागुन १४ — निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला ललितपुरस्थित होटल स्क्वायरमा सम्पन्न भएको छ।

कार्यशालामा निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा ‘क’ वर्गका वाणिज्य बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न र सर्वसाधारणको कर्जामा पहुँच विस्तार गर्ने उद्देश्यले एकल (ऋणीगत) कर्जा सुरक्षण कार्यक्रम लागू गर्ने तयारीबारे छलफल गरिएको थियो।

कोष, यूएनडीपी तथा छनोट भएका नौ वटा स्थानीय तहहरूको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषि सम्बन्धित प्राथमिकता क्षेत्रहरूमा लगानी गर्ने नमुना परियोजना कार्यान्वयन प्रक्रियामा रहेको जनाइएको छ। सोही परियोजनाको कार्यान्वयनमा कर्जा प्रदायक वाणिज्य बैंकहरूको सुझाव संकलन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनएमबी बैंक लगायतका बैंकका उच्च व्यवस्थापकहरूले योजनाको मस्यौदामाथि सुझाव प्रस्तुत गरेका थिए।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार प्राप्त सुझावहरूलाई थप छलफल गरी उपयुक्त सुझाव समेटेर योजनालाई अन्तिम रूप दिइनेछ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त योजना कृषि क्षेत्रमा लगानी प्रवर्द्धन तथा कर्जाको पहुँच विस्तारका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...