CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमबाट मधेशका ८०० भन्दा बढी विद्यार्थी लाभान्वित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, फागुन १४ — नेपाल एसबिआई बैंक लिमिटेडद्वारा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशका ८०० भन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थीहरू लाभान्वित भएका छन्।

बैंकले बारा जिल्लाको जीतपुरसिमरास्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाहीको हरिवनस्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरीको राजगढ र राजविराजस्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्धिक अपाङ्गता विद्यालय र रौतहटको चन्द्रपुरस्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको हो।

उक्त सहयोग अन्तर्गत बैंकले विद्यालयहरूमा व्हाइटबोर्ड, कुर्सी, स्टिल दराज, कार्यालय टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग तथा विभिन्न शैक्षिक र खेलकुद सामग्रीहरू वितरण गरेको जनाएको छ। यस पहलले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने विश्वास बैंकले लिएको छ।

यस कार्यक्रममार्फत मधेश प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत ८०० भन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

नेपाल एसबिआई बैंकले समुदाय स्तरमा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका हाल देशभर १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...