CG Electronics
IME Life
NIMB

जीवन बीमा व्यवसायबाट सरिता खत्रीको जीवनमा आमूल परिवर्तन

NIMB
Himalayan Bank

 

काठमाडौं । मानिसको जीवनमा असीमित चाहना र अनेक उतार–चढाव हुन्छन्। जीवनको यात्रा सधैं सहज हुँदैन, तर चुनौतीहरू पार गर्दै अघि बढ्नेहरू नै सफलताको उदाहरण बन्न सक्छन्। यस्तै उदाहरण बनेकी छन् म्याग्दीकी सरिता खत्री, जसको जीवनमा जीवन बीमा व्यवसायले आमूल परिवर्तन ल्याएको छ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ मा जन्मिएकी सरिता खत्री हाल सिटिजन लाइफ इन्स्योरेन्सको म्याग्दी शाखामा एजेन्सी म्यानेजरका रूपमा कार्यरत छिन्। एक समय सहकारी संस्था र खुद्रा पसल सञ्चालनमा संलग्न रहेकी उनले त्यहाँबाट अपेक्षित आम्दानी र सन्तुष्टि प्राप्त गर्न सकेकी थिइनन्। तर, २०७५ सालमा अभिकर्ता लाइसेन्स लिएर जीवन बीमा क्षेत्रमा प्रवेश गरेपछि उनको जीवनले नयाँ दिशा लिएको हो।

प्रारम्भिक चरणमा जीवन बीमाबारे खासै जानकारी नभएकी सरिताले शाखा कार्यालयमा नियमित रूपमा उपस्थित भई तालिम र अनुभवबाट आवश्यक ज्ञान हासिल गरिन्। शाखा प्रबन्धक र सहकर्मीहरूको प्रेरणा र सहयोगले उनी यस क्षेत्रमा स्थापित हुन सफल भइन्। उनले सिकेको ज्ञानलाई गाउँ समाजमा प्रयोग गर्दै नागरिकहरूलाई जीवन बीमाको महत्व बुझाउँदै अघि बढिन्।

दूरदराजका गाउँमा घरदैलो गर्दै बीमा सेवा विस्तार गर्नु उनका लागि चुनौतीपूर्ण थियो। टाढा–टाढाका बस्तीमा पैदल पुगेर बीमा सचेतना फैलाउनु उनका लागि सहज थिएन। तर नम्र व्यवहार, वित्तीय ज्ञान र सहकारी क्षेत्रमा काम गरेको अनुभवले उनलाई सफल अभिकर्ताको रूपमा स्थापित गराएको छ।

सरिताले हालसम्म २०० भन्दा बढी व्यक्तिको जीवन बीमा गराइसकेकी छिन् भने २८० सदस्यीय टीम निर्माण गर्न समेत सफल भएकी छिन्। बीमा दावी भुक्तानीको अनुभवले उनको पेशाप्रतिको विश्वास अझ बलियो बनाएको छ। आफूले बीमा गराएको एक व्यक्तिलाई १० लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुँदा आफूलाई अत्यन्तै गौरवान्वित महसूस भएको उनी बताउँछिन्।

उनका अनुसार अभिकर्ता पेशा स्वतन्त्र रूपमा गर्न सकिने, सम्मानजनक र लगानीविहीन पेशा हो। परिवारको साथ, कम्पनीको तालिम र निरन्तर मेहनतले उनको आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। कम्पनीले आयोजना गर्ने तालिम, गोष्ठी र सम्मान कार्यक्रमहरूले उनलाई अझ प्रेरित गरेको छ।

जीवन बीमा व्यवसायमा प्रवेश गरेपछि उनको आर्थिक अवस्था, आत्मविश्वास र सामाजिक पहिचानमा सकारात्मक परिवर्तन आएको छ। सहकारी र पसलको काम छोडेर पूर्ण रूपमा बीमा व्यवसायमा समर्पित भएकी उनी अहिले सफल महिला एजेन्सी म्यानेजरको रूपमा परिचित भएकी छिन्।

बीमा व्यवसायले केवल आम्दानी मात्र नभई समाजसेवा गर्ने अवसर पनि प्रदान गरेको उनको भनाइ छ। नागरिकहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यले उनी अझ सक्रिय रूपमा बीमा सेवा विस्तार गर्दै अघि बढिरहेकी छिन्।

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...