CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंक र मेदान्ता अस्पतालबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता – द मेडिसिटी अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्र (MoU) नवीकरण गरिएको छ। नयाँ सम्झौतासँगै अब मेदान्ताका गुडगाउँसहित भारतका थप ६ अस्पतालमा पनि बैंकका ग्राहकले अधिकतम १५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्ने भएका छन्।

यसअघि उक्त सुविधा केवल मेदान्ता, गुडगाउँमा मात्र उपलब्ध थियो। तर नयाँ सम्झौतापछि मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल राँची, र मेदान्ता अस्पताल राँचीका साथै ५ वटा मेडिक्लिनिकमा समेत यो सुविधा विस्तार गरिएको बैंकले जनाएको छ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार यस सहकार्यबाट भारतमा उपचार गराउन जाने ग्राहकले सहज, सुलभ र किफायती सेवा पाउँदै आएका छन्। बैंकले आगामी दिनमा पनि ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले हालै विभिन्न डिजिटल सेवा, भर्चुअल क्रेडिट कार्ड तथा नयाँ बचत खातासमेत सञ्चालनमा ल्याएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...