CG Electronics
IME Life
NIMB

मधेशी एकता समाज अमेरिकाद्वारा टेक्सासमा भव्य होली उत्सव सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं। मधेशी एकता समाज अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ।

समाजको टेक्सास च्याप्टरद्वारा आयोजित ‘होली धमाका’ कार्यक्रममा समुदायका एक सयभन्दा बढी सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले रंग अबिर खेल्दै आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेका थिए।

कार्यक्रमको अध्यक्षता टेक्सास च्याप्टरका अध्यक्ष सुरेन्द्र रामले गर्नुभएको थियो। उहाँले उपस्थित सम्पूर्णलाई होलीको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सञ्जय ज्यामिरेको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा नेपाली महावाणिज्य दूतावास डल्लासका प्रवक्ता प्रवीण भण्डारी, युलेस सिटीका उप–मेयर टीका पौडेल, नेपालिज सोसाइटी अफ टेक्सासका अध्यक्ष विजय भुसाल, इन्द्रेणी समाजका अध्यक्ष नेत्र पाण्डे, समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष शशी यादव तथा सामाजिक अभियन्ता अमरनाथ साहलगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले होली पर्वले आपसी सम्बन्ध सुदृढ बनाउने, विविधतामा एकता कायम गर्ने तथा सांस्कृतिक पहिचान जोगाइराख्ने सन्देश दिने उल्लेख गर्दै प्रवासमा रहेका नेपाली समुदायबीच सहकार्य र सद्भाव अझ सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो।

होली विशेष कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, सहभागी तथा स्वयंसेवकहरूप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...