CG Electronics
IME Life
NIMB

श्री स्टील्स लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं। श्री स्टील्स लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रचलित धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली तथा धितोपत्र निष्काशन र बाँडफाँड सम्बन्धी निर्देशिकाबमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको छ।

आईपीओ निष्काशन कार्यका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

पूर्ण स्वचालित प्लान्टसहित सञ्चालनमा रहेको श्री स्टील्स लिमिटेड टिएमटी (TMT) रिबार उत्पादनमा विशेषज्ञ कम्पनी हो। भौगोलिक जटिलता र भूकम्पीय जोखिम रहेको नेपालमा बलिया तथा गुणस्तरीय संरचना निर्माण आवश्यक रहेकाले कम्पनीले अत्याधुनिक जापानी प्रविधिमा आधारित सिक्स–स्ट्यान्ड ब्लक मिलमार्फत उच्च गुणस्तरका रिबार उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार विश्वस्तरीय प्रविधिको प्रयोग गरी स्वदेशमै उत्कृष्ट उत्पादन गर्ने, निर्माण क्षेत्रका लागि आवश्यक फलाम तथा रडजन्य सामग्रीमा आत्मनिर्भरता बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित उद्योग सञ्चालन भइरहेको छ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको जानकारी दिइएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...